भारतमा एक लाख ६३६ नयाँ संक्रमित थपिए, २४२७ जनाको मृत्यु

भारतमा एक लाख ६३६ नयाँ संक्रमित थपिए, २४२७ जनाको मृत्यु

२४ जेष्ठ, एजेन्सी ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार घट्ने क्रममा छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख भन्दा केही धेरै मात्रै नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आइतबार थपिने नयाँ संक्रमितको संख्या एक लाख ६३६ रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण दुई हजार ४२७ जनाको ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ। भारतमा कुल संक्रमितको संख्या दुई करोड ८९ लाख भन्दा धेरै पुगेको छ भने कोभिड–१९ बाट तीन लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ।

भारतमा अहिलेसम्म २३ करोड २७ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्। पछिल्लो केही दिनयता दोस्रो लहरको संक्रमण बिस्तारै कम हुँदै जाने क्रममा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.