देशमा ‘पाइला–पाइलामा’ मा षड्यन्त्र भइरहेको छ, उचित समयमा सबै खुल्छ : नेता भट्टराई

२४ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा पाइल–पाइलामा षड्यन्त्र भइरहेको बताए ।

गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुरा गर्दै नेता भट्टराईले यस विषयमा प्रमुख दलका सबैजसो प्रमुख नेताहरू जानकार रहेको बताए ।

Advertisement

‘मलाई प्राप्त भएको सूचना प्रधानमन्त्रीलाई पनि थाहा छ तर सबै तैँ चुप मै चुप भएका हुन्, यो धेरै लुकेको विषय होइन’,

भट्टराईले भने , ‘बन्द कोठामा त अरु पनि बोल्छन् तर पूर्वप्रधानमन्त्री र देशलाई माया गर्ने मान्छे भएको र यी शक्तिहरूको तागत र अवस्था देखेको भएर अब खासखुस गरेर बस्नु हुन्न, नागरिकलाई सुसूचित गर्नुपर्छ, मैले चाहिँ बोलेको हो, उचित समयमा यो कुरा खुल्छ ।’

Advertisement

आफूले अहिले षड्यन्त्रभित्रको नीतिगत कुरा मात्रै बाहिर ल्याएको भन्दै भट्टराईले त्यसभित्रको प्राविधिक कुरा भने हार–जित नभएसम्म बाहिर भन्न नमिल्ने बताए ।

आफूले प्राप्त गरेको सूचनाअनुसार देशभित्र र बाहिरका प्रतिगमनकारी शक्तिहरु मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने र देशलाई अनिश्चयको अँध्यारो सुरुङतिर धकेल्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।

जनता समाजवादी पार्टीको एक समूहको सरकारमा सहभागितालाई पनि नेता भट्टराईले प्रतिगमनकारीहरूको षड्यन्त्रका रुपमा अथ्र्याए ।

‘पहाडका नक्कली राष्ट्रवादी शक्ति र मधेशको क्षेत्रीय नारा लिएर मधेशीलाई ठग्नेहरू एक ठाउँमा आएका छन्, विपरीत ध्रुवमा उभिएकाहरू एक ठाउँमा आएका छन्, त्यसले पनि व्यवस्थालाई खतरा पार्ने षड्यन्त्रको सङ्केत गर्दछ’, भट्टराईले भन्नुभयो, ‘ती त प्यादाका रूपमा सरकारमा पठाइएका हुन् ।’

प्रतिगमनलाई परास्त गर्न आवश्यक पर्दा चौथो जनआन्दोलन गर्नुपर्ने पनि उनले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल–खनाल समूह, जसपा र जनमोर्चाबीच कार्यगत एकता भइ सङ्घ, प्रदेश र पालिकासम्म आन्दोलन गर्नेबारे प्रारम्भिक छलफल भएको पनि नेता भट्टराईले जानकारी दिए । आवश्यक परे पूर्व माओवादीहरू एकीकृत हुन सक्ने पनि उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top