सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य नगर्न साईबर ब्यूरोको अनुरोध

सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य नगर्न साईबर ब्यूरोको अनुरोध

२४ जेठ, काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न÷नगराउन हुन प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने उक्त ब्यूरोले जनाएको छ ।

साथै त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत सो ब्यूरोले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.