कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

२५ जेठ, कालीकोट ।

कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमवार राति विद्युत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् ।

तत्कालीन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णाली सबै जिल्लाहरु राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय भएको थियो ।

दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोसीले बताए ।कालीकोटमा विद्युत पुगेपछि यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी देखिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.