उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेलदेखि मृत्युदण्डसम्मको सजाय

२४ जेठ ७८, मंगलबार

२५ जेष्ठ, एजेन्सी ।
उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना नागरिकलाई विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका छन्।

बिबिसीका अनुसार केही दिनअघि लागु भएको कानुनअनुसार कोही व्यक्ति ठूलो मात्रामा उत्तर कोरियाली जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सिडी, भिसिडीसहित भेटिए मृत्युदण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ।

प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि उनको सरकारले यस्तो कानुन ल्याएको बताएको छ। केही दिनअघि उनले सरकारी सञ्चारमाध्यमहरूलाई पत्र लेख्दै युथ लिगले युवाहरूको व्यक्तिवादी र असामाजिक व्यवहारमाथि धावा बोल्नुपर्ने उल्लेख गरेका थिए।

Advertisement

उनले विदेशी हेयर स्टाइल, बोली र कपडालाई पनि खतरनाक विषको संज्ञा दिँदै तिनलाई रोक्नु पर्ने बताएका छन्।

दक्षिण कोरियाको डेली एनके अनलाइन पोर्टलले स्रोतलाई उद्धृत गर्दै केही दिनअघि तीन जना किशोरलाई उत्तर कोरियाका अधिकारीहरूले रि–एजुकेशन क्याम्पमा पठाएका छन्। उनीहरूले के–पपका कलाकारको जस्तो कपाल काटेको आरोप छ।

Advertisement

उत्तर कोरियासम्बन्धी विश्लेषकहरूले देशभित्र आर्थिक संकट गहिरिँदै गएर परिस्थिति कठिन बन्दै गइरहेका बेला उनले आफ्ना नागरिकलाई विदेशी प्रभाव रोक्न यस्तो कानुन ल्याएको बताएका छन्।

नयाँ कानुनले कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकका पनि कारबाही गर्ने र किशोरकिशोरी बिग्रिए उनीहरूका बुवाआमालाई पनि समात्ने व्यवस्था गरेको बताइएको छ।

पछिल्लो समय कोरोनाभाइरसको महामारीले उत्तरसँग बाँकी विश्वको सम्बन्ध झन् टुटेको छ। अहिले उत्तर कोरियामा लाखौं मानिस भोकमरीमा परेको अनुमान गरिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top