प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउँदै विनियमावली जारी

२५ जेठ, काठमाडौं ।

प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति नलिए पनि हुने भएको छ ।

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरेको हो ।

Advertisement

लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ ।

तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुअघि लिखित जानकारी भने दिनुपर्नेछ । यसअघि सानो–सानो विदेशी रकम लगानी भित्र्याउन पनि राष्ट्र बैंकको स्वीकृति चाहिने थियो ।

Advertisement

यस्तै विदेशी लगानीबापतको मुद्रा सटहीमा पनि राष्ट्र बैंकले सजिलो बनाएको छ । विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिसको आधारमा गरिने उल्लेख छ ।

लगानीको लेखाङ्कनलाई पनि सुधार गरेर कागजपत्र पूरा भएको सात दिनभित्र लेखाङ्कन गरिसक्ने बनाइएको छ । राष्ट्र बैंकको विनियमावली आएसँगै विदेशी लगानी भित्र्याउन थप सहज हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top