मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो

मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो

२७ जेठ, काठमाडौं ।

युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक÷एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।

युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.