×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘चुरे क्षेत्र उत्खनन् हुन्न’

२७ जेष्ठ २०७८

२७ जेठ, काठमाडौं ।

सरकारले ढुंगा गिटी, बालुवा निकासी गर्दा चुरे क्षेत्र उत्खनन् नहुने प्रस्ट पारेको छ । आगामी वर्षको बजेटमा ढुंगा, गिटी, बालुवा निकासी घोषणा गरेपछि चुरे विनास हुनसक्ने चिन्ता सन्दर्भमा नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा बुधबार आयोजित ‘ हाकाहाकी बहस’मा ‘सरकार र सरोकारवाला निकाय चुरे क्षेत्रमा उत्खनन् नगर्ने’ विषयमा एक मत भएका हुन् ।

Advertisement
Advertisement

कान्छो पहाडका रूपमा चिनिने चुरे क्षेत्र संरक्षणमा विशेष चासो बढिरहेको समय ‘चुरेबाट एक डोको माटो र ढुंगा पनि ननिकालिने’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । ‘दुंगा, गिटी र बालुवाको निर्यात कति जयाज ? ’ विषयक बहसमा उनले ‘चुरे संरक्षण नै सरकारको प्रमुख दायित्व भएको’समेत बताए ।

‘चुरे क्षेत्र संरक्षण सरकारको दायित्व हो, त्यसैले चुरेमा असर नगर्ने गरेर दुंगा, गिटी र बालुवा निर्यात कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘खानीजन्य निर्यात गर्न मिल्ने कानुनी व्यवस्था मध्यनजर गर्दै वातावरणीय प्रभाव र भौगर्भिक दृष्टिले उपयुक्त ठानिएका क्षेत्रबाट मात्रै उत्खनन् गरी निकासी प्रबन्ध मिलाइने छ ।’

‘रुपन्देही सिद्धबाबा क्षेत्रमा उत्खनन् हुने’ भन्ने विवाद सन्दर्भमा उपप्रधानमन्त्री पोडेलले ‘सिद्धबाबामा पहिरोबाट वर्षेनि दर्जनौंले ज्यान गुमाउने’ उल्लेख गर्दै ‘स्वभाविक रूपमा कतिपय व्यक्तिले डाँडा सम्याउनुपर्छ भनेर सुझाव दिएको तर आफूले यो विषयमा विरोध गरेको’ प्रस्ट पारे ।

‘डाँडो खनेर यात्रा सुरक्षित गर्ने होइन,’ उनले भने, ‘सुरुङमार्ग बनाएर बाटो सहज बनाउने हो, सम्याउने होइन । खानी उत्खनन् होइन ।’ उनका अनुसार आन्तरिक खपतका लागि आवश्यक कच्चा पदार्थ उत्खनन् गरि“दैछ ।

Advertisement

‘ आफ्नो मुलुकको लागि चाहिने ढुंगा, गिटी र बालुवा पर्याप्त भएर बढी भएको अवस्थामा मात्रै निकासी हुने हो,’ उनले भने, ‘अहिले नै निकासी हुँदैन, यसका लागि थप छलफल गरी छुट्टै रणनीतिक कार्यविधि बनाएर अघि बढ्नेछौं ।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top