मुम्बईमा भवन भत्किँदा ११ जनाको मृत्यु

२६ जेठ ७८, बिहीबार

२७ जेष्ठ, एजेन्सी ।
भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ।

Advertisement

घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्। बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।

Advertisement

मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर्पोरेसनले एउटा घर भत्किएपछि त्यसको आसपासमा रहेका अन्य ठूला आवासीय घरहरुलाई खाली बनाइएको छ।

बुधवार दिनभर मुम्बईमा वर्षा भएको थियो । बुधवार राति ११ः१० बजे उक्त घर ढलेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top