गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

२८ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ’दीपक मनाङे’ लाई हटाएका छन् । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाएका हुन् ।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सकेका छन् । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.