कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

२७ जेठ ७८, शुक्रबार

२८ जेष्ठ, एजेन्सी ।
योग गुरु रामदेवले कोरोना भाइरसविरुद्धको खोप आफूले पनि लगाउने घोषणा गरेका छन्।

यसअघि एलोपेथिकलगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा अभिव्यक्ति दिएपछि उनी आलोचित भएका थिए।

एलोपेथिकलगायत आधुनिक चिकित्सा पद्धतिको विरोध गरेपछि आलोचित बनेका रामदेवले अब छिट्टै आफूले पनि कोरोनाविरुद्धको खोप लगाउने घोषणा बिहीबार गरेका हुन्।

समाचार एजेन्सी पिटिआईका अनुसार रामदेवले डाक्टरहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’को संज्ञा पनि दिएका छन्।

यसअघि उनले योग तथा आयुर्वेद उपचार पद्धति अपनाउने व्यक्ति कोरोनाबाट सुरक्षित रहने र उसलाई कोरोनाको खोप आवश्यक नपर्ने अभिव्यक्ति दिएका थिए। रामदेवको यो अभिव्यक्तिको व्यापक विरोध भएको थियो।

चिकित्सकहरुले उनको अभिव्यक्तिलाई लिएर निन्दा गरेका थिए। त्यसपछि बाबा रामदेवले सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

रामदेवले सबै नागरिकलाई खोप दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै यसलाई सरकारको ऐतिहासिक कदम पनि भनेका छन्।

पिटिआईका अनुसार हरिद्वारमा रामदेवले संवाददाताहरुसँग भने, ‘खोपको दुवै मात्रा लगाउनु भयो र योग अनि आयुर्वेदको साथ लिनुभयो भने तपाईँले कोरोनाविरुद्ध दुई गुणा बढी शक्ति प्राप्त गर्नु हुने छ।

यो दुवैले तपाईँसँग सुरक्षा कवचका रुपमा काम गर्ने छ र कसैको पनि कोरोनाका कारण मृत्यु हुने छैन।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top