उदयपुरमा कोरोना संक्रमण घट्दै

२८ जेठ ७८, शनिबार

२९ जेठ, उदयपुर ।

वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ ।

जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताए।

जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ ।

थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top