प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

२९ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेका थिए । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको भनाइ आपत्तिजनक रहेको बताए । उनले आत्मालोचना गर्न पनि निर्देशन दिएका छन् ।

प्रदेश सभामा वैद्यले भन्नेका थिए , ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, कोही तयार छैन भने म बन्ने कि !’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top