२ असार, काठमाडौं ।
सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।
कास्कीको मादी गाउँपालिका–२ मा अवस्थित रहेको पावरहाउस अविरल वर्षापछि मादीखोलामा आएको बाढीले बगाएको हो । निर्माण कार्य सकिनै लागेको पावरहाउसको निर्माण सामग्रीलगायत सबै संरचना बगाएको छ ।
आयोजनामा रहेको ३ वटा स्काभेटर, ४ वटा टिपर, ४ वटा डिजल जेनेरेटर गरी २० करोडको क्षति भएको छ । ३०० कामदारलाई सकुशल उद्धार गरिएको छ । आयोजनामा कन्सल्टेन्ट इञ्जिनियरसहित ७ सय जना कार्यरत छन्।
बाढी आइरहेकोले कति क्षति भयो भन्ने यकिन नभएको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए ।