किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

१५ असार ७५, शुक्रबार
Share this
728shares

सुरुङ्गा, असार १५

Advertisement

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन्। झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।” कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने बताउँदै उनले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार छ भने । मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोपेका थिए ।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top