×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

सिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

३ असार २०७८

३ असार, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Advertisement
Advertisement

अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उनले बताए ।

यस्तै अहिलेसम्म ८० जनाको उद्धार भएको छ । घाइते भएका पाँच जनामध्ये दुई जना डिस्चार्ज भएका छन् भने तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

अहिले मेलम्ची नदीमा पानीको सतह घटेपछि केही राहत भएको छ । पानी पर्न कम भएपछि उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि आज नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री पु¥याएको थियो ।

बाढी र पहिरोपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो जाँदा नदी थुनिएको र पछि त्यो बाँध फुट्दा बाढी आएको थियो ।

बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिँदा ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् ।

Advertisement

बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top