विपद् व्यवस्थापनाबारे तदारुक्ता देखाउन सवै प्रदेशका सुरक्षा नियकालाई गृहको निर्देशन

विपद् व्यवस्थापनाबारे तदारुक्ता देखाउन सवै प्रदेशका सुरक्षा नियकालाई गृहको निर्देशन

६ असार, काठमाडौँ ।

गृहमन्त्री खगराज अधिकारीले ७ प्रदेशका आन्तरिक मामिला मन्त्री तथा सुरक्षा निकायका व्यक्तिहरुसंग छलफल गरेका छन्।

आइतबार गृहमन्त्रालयमा भएको सयुक्त छलफलमा विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका हुन् ।

छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा थप तदारुक्ता देखाउन गृहमन्त्रीले निर्देशन दिएको बताइएको छ । बैठकमा सहभागि एक मन्त्रीका अनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको बताएका छन्।

साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि आग्रह गरिएको उनको भनाई रहेको थियो । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.