ललितपुर महानरगरका ७७ वर्षमाथिका नागरिकले यी ठाउँबाट आज खोपको दोस्रो मात्रा पाउने

९ असार ७८, बुधबार

९ असार, ललितपुर ।

Advertisement

ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् ।

महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका २ हजार २ सय जनालाई र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने खोपको लागि आठ वटा केन्द्र तोकिएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top