×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

१७ असार २०७८

१७ असार, काठमाडौं ।

एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ ।

Advertisement
Advertisement

कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।

जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको छ । स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । तितेकरेलाको मूल्य १ सय ४२ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २७ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

अहिले वर्षाद्को समय भएकाले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमीनमा धान रोप्ने काम भइरहेकाले पनि हरियो तरकारीको उत्पादन घटी मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले आर्थिक अभियान दैनिकसँग बताए ।

Advertisement

‘खासगरी अहिले तरकारीको उत्पादन कम भएकाले नै मूल्य बढेको हो,’ उनले भने । उनका अनुसार यतिबेला भारतमा पनि वर्षाद्का कारण तरकारी उत्पादन घटेको छ । भारतबाट नेपालमा कम तरकारी भित्रिँदा पनि मूल्य बढेको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top