×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : आज सभामुख सापकोटाका कानुन व्यवसायीले बहस गर्ने

२० असार २०७८

२० असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्दै छन् । गएको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकिएपछि यो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

Advertisement
Advertisement

सभामुख सापकोटा तर्फका कानुन व्यवसायीहरुका लागि दुई घण्टा समय तोकिएको छ । सभामुख सापकोटातर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् । यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् । उनीहरुका लागि ३०÷३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।

अस्ति शुक्रवारसम्म प्रतिनिधि सभा विघटन विरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबीलाई अस्वीकृत गर्दै प्रतिनिधि सभा विघटन गरेपछि अहिले यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमार्फत बहस भइरहेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top