प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्ने तयारी, आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने सम्भावना

२९ असार, काठमाडौं ।

सर्वोच्च अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएको छ ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।

Advertisement

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्‍वासको मत लिनु पर्ने हुन्छ । अदालतको धारा ७६ (५)अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ। तर, एमालेमा एकताबारे सहमति भएमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक सङ्कट पर्नेछ ।

Advertisement

विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नु पर्नेछ । सरकार गठनसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुट्दै छन् ।

माधवकुमार नेपालले भने विपक्षी गठबन्धनमा अब रहन नसक्ने बताएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान गरी मिल्नेतर्फ गएकाले अब आफू विपक्षी गठबन्धनमा बसिरहन नमिल्ने नेता नेपालको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top