३ साउन, काठमाडौं ।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न देशका ११ राजदूतको नियुक्ति बदर भएको छ ।
शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएको भन्दै नियुक्ति बदर गरेको हो ।
निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनीहरु सबैको नियुक्ति बदर भएको छ ।