३ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विश्वासको मत मागेका छन् ।
अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
‘प्रस्तुत विषयमा २०७८–४–३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ देउवाले लेखेको पत्रमा भनिएको छ ।
