नेपाल पक्षलाई ओलीको प्रश्न – किन अपराधजन्य निर्णय गरेको ?

नेपाल पक्षलाई ओलीको प्रश्न – किन अपराधजन्य निर्णय गरेको ?

६ साउन, काठमाडौं ।

नेकपा एमालेले पार्टीको निर्देशनविपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरीत विभिन्न गतिविधि गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका छन् ।

‘अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ?’ पत्रमा भनिएको छ ।

जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने पनि भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.