एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

६ साउन ७८, बिहीबार

७ साउन, कैलाली ।

धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् ।

केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् ।

Advertisement

मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताए । उनले भने, “केही स्थानीयवासीले त घर तथा भान्सामा पानी पसी खानासमेत पकाउन पाएका छैनन् ।”

शिखर टोल र मालिका टोलका स्थानीयवासीका घरका भुइँतला पूरै डुबानमा परेका छन् । डुबान भएपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी कमला मल्लले बताए ।

गाई बस्तुभाउ समेतलाई कता लैजाने भन्ने समस्या भएको उनले बताए । यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ ।

वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ । दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन् ।

लगातारको वर्षापछि वडा नं ३ का विभिन्न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो ।

झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top