स्वास्थ्य चौकीको सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु

स्वास्थ्य चौकीको सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु

१० साउन, संखुवासभा ।

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राईको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साँघुरो भएको कारण उनको लडेर मृत्यु भएको हो ।

उनको सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुसन्धान गरिरहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.