×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बेचिन लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

१० श्रावण २०७८

१० साउन, धनुषा ।
प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेचिन लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कोहीकसैलाई केही पनि नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरुको आरोप छ । उनीहरुले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

घाँस काट्ने बहानामा चैत १७ गते आ–आफ्ना घरबाट निस्केका स्थानीयवासी १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान वनबाट अचानक हराएका थिए । भारतको मायानगरीको नामले चर्चित मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट बिहार राज्यस्थित सीतामढी रेल्वे स्टेशनबाट भारतीय प्रहरीको उच्च सतर्कताको सहायताले उनीहरूको उद्धार गरिएको थियो ।

उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारतर्फ योजनाबद्धरूपमा बेच्न लगेको आरोप लगाएकी छन् । घटना भएलगत्तै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि ती किशोरी अपहरणमा परेको आशङ्का गरेका थिए । अपहरणमा पूजाको नै संलग्नता हुनसक्ने आशङ्का पनि उनीहरुको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले पूजामाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीको खोजीमा निस्केको थियो ।

हराएको भोलिपल्ट भारतीय प्रहरी, भारतीय एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरू भारतको सीतामढीबाट रेल चढ्न लागेको बेलामा उद्धार गरिएको थियो । यद्यपि अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्न उठेको थियो तर चार महिनापछि आएर त्यतिखेरको नाटकको पर्दाफास भएपछि घटनाले अर्कै मोड लिएको छ । गाउँबाहिर कहिले पनि कतै नगएका ती किशोरी आफैँले कसरी सीमामा सशस्त्र प्रहरीलाई छक्याएर समूहमै मुम्बई जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयवासीले त्यतिखेर प्रश्नसमेत उठाएका थिए ।

महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत दियालीले समेत टिकटक भिडियो देखेर ती किशोरी मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् तर पीडितका आफन्तले आफ्ना बालिकालाई विभिन्न धम्की र लोभलालच दिएर ओरेक नेपालले अपराधीसँगको साँठगाँठमा बयान फेर्न लगाएको नाम नछाप्ने शर्तमा एक बालिकाकी आमाले छोरीको भनाइलाई अघि सार्दै दाबी गरेकी छन् । उनीजस्तै सातै जना बालिकाका आफन्तले ओरेक नेपालले काउन्सिलिङको बहानामा आफ्ना बालबालिकालाई कसैले सोधेमा आफूले भनेजस्तै कुरा मात्रै भन्ने र अरु कुरा भनेमा तिमीहरुलाई प्रहरीले जेलभित्र हालिदिनेसमेत धम्की दिएको उनीहरुको आरोप छ ।

यता सातै किशोरीलाई करिब एक सातासम्म काउन्सिलिङ गरेका ओरेक नेपालकी अधिकृत दियालीले आफूहरूले उनीहरूलाई मनोपरामर्श सेवा दिएको र कुनै धाकधम्की नदिएको दाबी गर्नुभएको छ । उहाँले आफूहरू अनुसन्धान गर्ने निकाय नभएकाले घटनामा अर्को पक्षको संलग्नताबारे पनि कुनै जानकारी नरहेको बताए ।

यसैबीच चार महिनाअघिको त्यो घटना सामसुम हुन लागेको बेलामा पूजा पासवानले कुनै बेला नजिकको साथी रहेका जितेन्द्रमाथि योजनाबद्धरूपमा किशोरीलाई बेच्न लागेको आरोप लगाएको र बालिकाका आफन्तले ओरेक नेपालकी अधिकृत दियालीले आफ्ना बालबालिकालाई धाकधम्की दिएर बयान फेर्न लगाएको आरोपसमेत बाहिर आएपछि यस घटनाले नयाँ मोड लिएको हो ।

Advertisement

घटनामा शङ्कास्पद पात्र मानिएकी पूजाको यो बयानले प्रहरी अनुसन्धानमाथि पनि प्रश्न उठेको छ भने यस घटनामा प्रहरी र ओरेक नेपाल दुवैको संलग्नता अपराधीसँग भएको हुनसक्ने शङ्कासमेत पैदा भएको छ । बालिकाका आफन्तले यस घटनाबारे केन्द्रीय प्रहरी, प्रदेश प्रहरी, महिला तथा बालबालिका आयोग, मानवअधिकारलगायतका सरोकारवालासँग पुनः छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top