पूर्वपश्चिम राजमार्गको महुली पुल भासियो

२० असार ७५, बुधबार
Share this
762shares

विराटनगर,असार २०
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल आज बिहान भासिएको छ । बुधबार बिहान महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमी छेउमा झण्डै ५० मिटर भाग कटानका कारण पुलको ड्रोन भासिएको छ भने पुल क्षतिग्रस्त बन्न पुगेको छ ।

Advertisement

]पुलको ड्रोन भासिएकै कारण पुलको बीच भागमा चिरा समेत परेको छ । शनिबारदेखि भइरहेको वर्षासँगै खोलामा आएको बाढीका कारण करिब ५० मिटरजति पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।

अहिले पुलको दक्षिणतिरबाट एक तर्फिरुपमा सवारी आवतजावत गराइएको छ । पुलमा आवागमन जारी रहेको भएपनि उच्च सतर्कता अपनाइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिएका छन।

Advertisement

सो पुलको अवस्था बारेमा सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खडकासहितको टोलीले अनुगमन एवं निरिक्षण गरेपछि पुलमा थप सतर्कता अपनाउन सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top