१५ साउन, काठमाडाैँ ।
प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौला पन्तले वर्तमान सरकारबाट नेपाली जनताले थुप्रै अपेक्षा गरेको बताएकी छिन् । शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले कोरोनाको महामारीको कारण लाखौँ जनताले रोजगारी गुमाएको र लाखौँ बालबालिकाले पढ्न नपाएको गुनासो गरिन् ।
उनले कोभिड–१९ विरुद्धको खोप लगाउने कामलाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले कोभिड–१९ का कारण घरेलु हिंसा बढेको बताइन् ।
उनले भनिन्, “वर्तमान सरकारबाट नेपाली जनताले थुप्रै अपेक्षा गरेका छन्, कोरोनाको महामारीका कारण लाखौँ जनताले रोजगारी गुमाएका छन् र लाखौँ बालबालिकाले पढ्न पाएका छैनन्, त्यसैले आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्छ, कोभिडका कारण घरेलु हिंसा महिलाविरुद्धका हिंसाका घटनाहरु बढेका छन्, प्रहरीको तथ्यांक अनुसार पछिल्लो दिनमा २२ प्रतिशत महिला, किशोरी बालिकाहरु हराउने गरेका छन्, ती मध्ये करिव १० जना भेटिन्छन्, आधा भन्दा बढी हराइरहेका छन् । त्यसैले नयाँ सरकारले महिला तथा बालबालिकाको उच्च प्राथमिकता दिन सरकारलाई ध्यानाकर्षण गराउँछु ।”