यो सरकार असफल भयो भने संविधान असफल हुन्छ : प्रदिप गिरी

१५ साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराए ।

Advertisement

उनले भने “यस पटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न । यस पटक सरकार असफल भयो भने संविधान असफल हुन्छ । संविधान असफल भएर मात्रै केही हुन्न । तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ ।”

नेता गिरीले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रीपरिषद् बिस्तार गर्न आग्रह गरे

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top