जयश्री जाजुको नेतृत्वमा रोटरी क्लव अफ विराटनगर फ्युजन

जयश्री जाजुको नेतृत्वमा रोटरी क्लव अफ विराटनगर फ्युजन

१५ साउन, विराटनगर ।
सामाजिक सेवामा समर्पित रोटरी क्लव अफ विराटनगर फ्युजनका नयाँ पदाधिकारीहरुको पदस्थापना गरिएको छ । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा वर्ष २०२१–२०२२ लागि चयन भएका पदाधिकारीको पदस्थापना गरिएको हो ।

क्लवकी अध्यक्ष जयश्री जाजुलाई कार्यक्रमका प्रमुख अतिथी रोटरीयन बासुदेव गोल्यानले सपथ गराए । अध्यक्षको कार्यभार सम्हाल्दै जाजूले आफु एक नेतृत्वकर्ता भएको तर आफुले मात्र केही गर्न नसक्ने भएकोले सबै सदस्यहरु मिलेर कामगर्दा मात्रै उपलब्धि हाँसिल गर्न सकिने बताइन् । उनले रोटरी क्लव अफ विराटनगर फ्युजनले यसअघि थुप्रै सामाजिक कार्यहरु गरेको स्मरण गर्दै आफु नेतृत्वको कार्यकालमा पनि ती कामहरुलाई अगाडि बढाउने बताइन् । उनले कुनै सहयोगको खाँचो परेको ठाउँमा एक जनाले मात्र सहयोग गर्दा पर्याप्त नहुने तर समूहले सहज रुपमा पर्याप्त सहयोग गर्न सक्ने बताइन् ।

अध्यक्षको पदभार सम्हालेसँगै जाजुले वर्ष २०२१–२०२२ लागि चयनभएका क्लवका अरु पदाधिकारीहरुलाई सपथ गराएकी थिइन् । क्लबको नयाँ कमिटीको उपाध्यक्षमा विवेक अग्रवाल, सचिवमा विकास राठी, कोषाध्यक्षमा आशिषतोदी, प्रशासनमा शरद काबरा, मेम्बरसिप डायरेक्टरमा रक्तिम जोशी, सर्भिस डाइरेक्टरमा आशिष जाजु, एडिटर इन चिफमा सालिना मुरारका, टिआरएफमा स्वेता तोदी चयन भएका छन् ।

त्यस्तै पब्लिक रिलेसनमा डिना अग्रवाल, सार्जेन्ट एण्ड आम्र्समा सञ्जय अग्रवाल, टीचमा अर्पणा सारडा र फण्ड रेजिङमा लक्ष्मि चौधरी रहेका छन् । कार्यक्रममा क्लवकाे वार्षिक कार्यप्रगति प्रस्तुत गरिएको थियो । कार्यक्रममा रोटरी क्लवका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.