नेपालमै कोरोना खोपको उत्पादनबारे अध्ययन भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

१८ साउन, काठमाडौँ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् ।

Advertisement

मन्त्री श्रेष्ठले सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको बताएका हुन् ।

खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि उनले जनाए ।

Advertisement

त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोप खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग प्रक्रिया थालनी गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top