एक किलो कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

एक किलो कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

१८ साउन, काठमाडौँ ।
प्रहरीले काठमाडौंबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो । पक्राउ परेका व्यक्तिहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.