महाकाली सन्धिका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरे : बिडारी

महाकाली सन्धिका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरे : बिडारी

१८ साउन, काठमाडौं ।
राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले महाकाली सन्धिकै कारण भारतले नेपाली युवाको हत्या गर्ने हिम्मत गरेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै बिडारीले महाकाली सन्धिमा सो नदीलाई साझा भनिएका कारण भारतीय पक्षले नेपालमाथि दादागिरी देखाएको बताएका हुन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै बिडारीले भने, ‘महाकाली सन्धि बेइमानीपूर्वक गरेको भनेर नेपालीले धेरै आन्दोलन गरे । महाकाली सन्धिले सो नदीलाई साझा भनेका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरेका हुन् । यसमा सरकारको कुरा के छ ?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.