प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकद्वारा शिष्टाचार भेट

२२ साउन ७८, शुक्रबार
Share this
784shares

२२ साउन, काठमाडौँ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवासँग यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरिन् ।

बिहीबार अपाराह्न भएकाे भेटमा उाीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

Advertisement

यसैबीच, यहीस्थित राष्ट्रसङ्घीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिशको कार्यान्वयन, राष्ट्रसङ्घको सुदृढीकरण, नेपाल र राष्ट्रसङ्घबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा अत्युत्तम छलफल भएको जनाएको छ ।

बिहीबारै प्रधानमन्त्रीसँग यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गरे । भेटका बखत उनीहरूबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेकाे  उक्त मन्त्रालयले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top