NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरकाे बन्ने भएपछि पर्यटन व्यवसायी उत्साहित , २६ घरधनीलाई मुअब्जा वितरण सुरु

शुक्रबार असार २२ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरकाे बन्ने भएपछि पर्यटन व्यवसायी उत्साहित , २६ घरधनीलाई मुअब्जा वितरण सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार २२

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारले पहल सुरु गरेपछि यहाँका पर्यटन ब्यवसायी उत्साहित भएका छन । प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले नै विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरिसकेको छ । लामो समयदेखि पूर्वका उद्योगी व्यवसायीहरूले यो विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थिए ।

पूर्वबजेट छलफल कार्यक्रममा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघसहित पर्यटन व्यवसायीहरूले विमानस्थलको स्तरोन्नतिको माग गर्दैै आएका थिए । मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा विकास गर्न तत्काल काम अगाडि बढाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पर्यटन तथा उद्योगमन्त्री जगदीश कुसियतले जानकारी दिए । प्रदेश सरकारले हालको १ हजार ५ सयको रनवेबाट ३ हजार मिटरको धावनमार्गसहितको अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

Advertisement

नागरिक उडड्न प्राधिकरणले पनि आन्तरिक रुपमा विमानस्थलको विकास र विस्तारको योजनालाई अघि बढाएको छ । विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले अल्पकालीन मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा विमानस्थलको विकास र विस्तार गरिने जानकारी दिए । पहिलो अल्पकालीन योजनामा विमानस्थलको पूर्वपट्टी साढे ४ विगाह जमिन र त्यसमा रहेका २६ घरलाई अधिग्रहण गरिनेछ । जसको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ । मध्यकालीन योजनामा क्रस बोर्डर जहाजको उडानका लागि ५ वर्षभित्र विमानस्थलरलाई तयार पारिने छ भने दीर्घकालीन योजनामा विमानस्थललाई फुल अन्तराष्टिय स्तरको बनाइनेछ । जहाँबाट यूरोप अमेरिकासम्म सिधा उडान हुनेछ ।

अल्पकालीन योजनालाई पूर्णता दिन जमिनको मुअब्जा तोकि वितरण सुरु गरीसकेको बताउदै उनले भने जग्गाको मुल्याङन सकी वितरण सुरु भईसक्यो अब घरको पनि मुअब्जा वितरण सुरु हुन्छ । विमानस्थलले घरको पनि मुल्याङन गरी स्थानीय घरधनीहरुलाई असार मसान्तसम्म रकम बुझीलिन सूचना जारी गरेको छ । प्रतिधुर ३ लाखदेखि ४ लाख २५ हजारसम्म जग्गाको मुअब्जा वितरण गरेको विमानस्थलले घरका लागि भने २० हजारदेखि १५ लाखसम्म मुअब्जा वितरणको तयारी गरेको सिटौलाले जानकारी दिए । विमानस्थलले मुअब्जा लिई आगामी कात्तिक मसान्तसम्म घर खाली गराउन पनि घरधनीहरुलाई अपिल गरेको छ ।

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाका अनुसार यो विमानस्थल १ सय १० बिघा क्षेत्रफलमा अवस्थित छ । यहाँबाट हाल प्रतिदिन १ हजार ७ सय यात्रु ओहोरदोहोर गर्छन् । स्वदेशका १० वटा विमान कम्पनीका जहाजले दैनिक १५ वटासम्म उडान भरिरहेका छन् । स्तरोन्नति गरिएपछि यहाँबाट १ सय ५० सिट क्षमताका ठूला विमान उड्न सक्नेछन् । विराटनगरबाट तत्काल भारतको कोलकाता र नयाँ दिल्लीको उडान भर्न सकिने सम्भावना छ । साथै नयाँ दिल्ली हुँदै बंगलादेशको ढाकाको उडान पनि सञ्चालन गर्न सकिने पर्यटन व्यवसायी पुण्य भट्टराईको दाबी छ ।

यस विमानस्थलबाट हाल ७० सिट क्षमताका ८० आर ७२ र सिआरजे जेड ७ सय सिरिजका विमानले उडान भरिरहेका छन् । साथै साना टुइनअटर विमान पनि सञ्चालित छन् । अन्तर्राष्ट्रियस्तरको बनाइएमा न्यारो बडी जेट सर्भिसबाट संसारको कुनै कुनामा पनि हवाई सम्बन्ध कायम गर्न सकिने प्रमुख सिटौलाको भनाइ थियो । यहाँबाट २०५८ सालमा नेकोन एअरले कोलकाताको उडान सञ्चालनमा ल्याएको थियो । तर यो सेवा ६ महिनाभन्दा बढी चलेन । कालान्तरमा नेकोन पनि बन्द भयो ।

त्यसबेला यात्रु कम भएका कारण देखाएर सेवा स्थगित गरिएको थियो । प्रदेश सरकारले निर्णय नै गरेर अन्तर्राष्ट्रियस्तरको बनाउन केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । “हामीले लामो समयदेखि विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थियौं,” पर्यटन व्यवसायी भट्टराईले भने,“अब भने हाम्रा माग पूरा हुने संकेत देखिएको छ ।” उनले सम्पूर्ण आन्तरिक तथा माउन्टेन उडान पनि विराटनगरबाटै सञ्चालन गर्न माग गरेका छन । ”

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.