×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

२२ असार २०७५

कैलाली, असार २२

कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए । असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।

“तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,” प्रहरी उपरीक्षक घिमिरेले भने – “घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।” दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।

यस्तै, पत्रकार सम्मेलनमा पूर्व प्रेमीसँग मिलेर श्रीमान्को हत्यामा संलग्न कञ्चनपुर पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ । कैलाली गोदावरी नगरपालिका–११ माइतीघर भएकी लक्ष्मीलाई घर ल्याउन भनी गएका निजका श्रीमान् तेजबहादुर विष्ट उतैबाट बेपत्ता भएकामा घटनाको अनुसन्धानका क्रममा श्रीमती लक्ष्मी र उनका प्रेमी खत्रीले धनगढी–डडेल्धुरा राजमार्गको भासुको भिरमा विष्टलाई पु¥याई कुटपिट गरी भिरबाट खसालेर हत्या गरेको पत्ता लागेको जनाइएको छ ।

मृतकको शव र उनले प्रयोग गरेको मोटरसाइकल असार १२ गते भिरमा फेला परेको थियो । यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँमा दुईदिनअघि आफ्नै श्रीमती गर्भी चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान् इन्द्रबहादुर चौधरीलाई पनि सार्वजनिक गरिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top