धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान

२३ असार ७५, आइतबार

काँकडभिट्टा, असार २४

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित रु एक लाख एक हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैगरी कृष्ण–पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित रु २५ राशिको ‘धनमाया–देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार’ ‘नागरिक’ दैनिकका क्षेत्रीय सम्पादक राजु अधिकारीलाई, हेमराज–मेदनी खरेल प्रतिष्ठानबाट प्रदान गरिने रु २५ हजार राशिको ‘साहित्यिक पुरस्कार’ प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई र रु १५ हजार राशिको ‘भानु प्रतिभा पुरस्कार’ जेठा मुर्मुलाई गरिने भएको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top