×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

२४ असार २०७५

ललितपुर, असार २४

जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

Advertisement
Advertisement

प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल वन्यजन्तुका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको बताउँछन्। खुल्ला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरक स्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्टाउन नसकिने हुँदा किन्ने मान्छेले पनि झुक्किएर घरपालुवा जनावरको अङ्ग किनेको हुन सक्ने उनको भनाइ छ ।

“जंगली जनावरको किनबेच गैरकानूनी हुँदा किन्ने व्यक्ति पनि परीक्षणका लागि आउँदैनन् । कतिपयले घरमै सजाउनका लागि जनावरको अङ्ग राख्ने गर्छन् त्यो पनि गैरकानूनी हुन्छ ।” कार्यकारी निर्देशक रिजाल भन्छन्, । प्रयोगशालामा वन्यजन्तुको डिएनए परीक्षण हुनु पहिले पनि वन्यजन्तुसम्बन्धी काम गर्ने निकायबाट जनावरका शरीरका अङ्ग परीक्षणका लागि आउने गरेको जानकारी दिंदै उनी भन्छन्, “हामी यहाँबाट हुने अरु प्रविधिबाट परीक्षण गर्ने र नहुने भए फिर्ता पठाउने गर्छौं । डिएनए परीक्षण शुरु भएपछि दायर गरिएका सम्बन्धित निकायले कुनै पनि मुद्दा फिर्ता लिन परेको छैन । ”

फरकखालका जनावरको अङ्गहरु फरक–फरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुन्छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ । उनी भन्छन्, “कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जंगली जनावरको शिकार गरी तिनका अङ्ग बिक्री गर्ने गरेका छन् ।”

प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्नेसमेत छुट्याउँदै आएको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “अधिकांश घटनामा हामी त्यस्तो जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन सक्छौँ । नेपाल, भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुटिृन्छ । ”

प्रयोगशालामा मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै यो प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढी रहेको उहाँ बताउँछन् । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारी बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ ।

जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक रिजाल भन्छन्, “विभिन्न अदालतबाट परीक्षणका लागि पठाइएका यस्ता बस्तुमा हामीले नतिजा दिइसकेका छौँ ।” गत वर्षबाट उड्ने लोखर्के, डाँफेको प्वाँख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको छ। प्रयोगशालामा कतिपय नौलाखालका आखेटोपहार आउन थालेका छन् । तिनको परीक्षणका लागि सुधार हुँदै जानुपर्ने र यसका लागि समसामयिक तालीम, आधिकारिक नमूना व्यवस्थापन गर्न अवश्यक भएको जनाइएको छ ।

प्रयोगशालामा आर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top