डा. केसीलाई वार्तामा आउन शिक्षा मन्त्रीको आह्वान

२४ असार ७५, आइतबार
Share this
802shares

विराटनगर,असार २४
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका छन् । मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीलाई आह्वान गरेका हुन ।

Advertisement

उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारेका छा ।

जुम्लामा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलले आग्रह गरे । मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सिटिईभीटी) लाई पुनर्गठन गर्ने घोषणा पनि गरेका छन ।

Advertisement

उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पु¥याउनेगरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको पनि स्पष्ट पारे । मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोडन सरकार लागि परेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top