×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महामारीकै बीच मनाइँदै गाइजात्रा (फाेटाे फिचरसहित)

७ भाद्र २०७८

७ भदौ, काठमाडौँ ।
नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो ।

Advertisement
Advertisement

आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ । रानीलाई खुशी पार्न गरेको यो उपायले पनि रानी खुशी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरुको कार्यक्रम आयोजना गरेर राजाले रानीको मन शान्त पारेको इतिहास छ । यसैबीच, सरकारले गाईजात्राको अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top