धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला : छोरा पक्राउ

७ भदौ ७८, मंगलबार

८ भदौ, काठमाडौं ।

Advertisement

धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो । बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले ३० वर्षका भागेश्वरकुमार मण्डललाई पक्राउ गरेको छ ।

Advertisement

रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले आँपको बगैँचामा गाडेको बताएका धनुषाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । शव निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top