सर्‍यो एमाले स्थायी कमिटी बैठक

सर्‍यो एमाले स्थायी कमिटी बैठक

८ भदौ, काठमाडौँ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक अपरान्ह ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठक १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन केन्द्रित हुने बताइएको छ ।

सोमबार विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.