×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्

९ भाद्र २०७८

९ भदाै, काठमाडाैँ ।

बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ ।

Advertisement
Advertisement

मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगर छापलगायतका स्थानमा अवरुद्ध रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ । रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ ।

सोही सडक अन्तर्गत नुवाकोट जिल्लामा मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ । जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा पूर्णरूपमा अवरुद्ध छ । कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पूर्णरूपमा अवरुद्ध छ ।

सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन् । कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकतर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाएको विभागले जनाएको छ ।

सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए । विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । जेठ र असारदेखि अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन् ।

Advertisement

रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top