प्रधानमन्त्री रोजगार कार्यक्रम : ९० प्रतिशतले पाए रोजगार

२१ भदौ ७८, मंगलबार

काठमाडौं: प्रधानमन्त्री रोजगारी कार्यक्रम (पीएमईपी) अन्तर्गत गत वर्ष सञ्चालन गरिएका रोजगारमूलक साना परियोजनाबाट लक्ष्यको ९० प्रतिशत युवाले रोजगारी पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिने लक्ष्य लिएकोमा सो अवधिमा ९० प्रतिशत अर्थात एक लाख ७८ हजार ४३२ जनाले रोजगारी पाएको जनाएको छ ।

सहसचिव एवं पीएमईपीका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले कार्यविधि अनुसार स्थानीय तहलाई कार्यक्रम छनोट गर्ने अधिकार दिएपछि रोजगार कार्यक्रम लक्ष्य नजिक पुगेको बताए । ‘सूचीकृत भएका अधिकतम बेरोजगारलाई रोजगारी दिने लक्ष्यअनुसार विगत वर्षभन्दा बढी बजेट निकासा गरिएको थियो,’ कार्यक्रम निर्देशक घिमिरेले भने, ‘विगत वर्षको तुलनामा रोजगारी सिर्जनाका लागि आवश्यक बजेट दोब्बरले वृद्धि गरेर ११ अर्ब ६० करोड पुर्‍याएको थियो ।

अघिल्लो आवमा कुल ७०१ स्थानीय तहलाई सर्शत अनुदान हस्तान्तरण गरिएकोमा महालेखा नियन्त्रक कार्यालयको वित्तीय प्रगति विवरणअनुसार एक अर्ब ७६ करोड तीन लाख ४४ हजार ७२ खर्च भई ६५.४९ प्रतिशत वित्तीय प्रगति देखाएको थियो ।

सरकारले न्यूनतम १०० दिनको रोजगारी दिन सञ्चालन गरेको पीएमईपी अन्तर्गत गत वर्ष १६ हजार ४८६ आयोजना सञ्चालन गरेको थियो । यो आयोजनाबाट १३ करोड दिन बराबरको कार्य घन्टाभन्दा बढी समय रोजगारी सञ्चालन भएको मन्त्रालयले जनाएको छ । कुल ७५३ स्थानीय तहले विभिन्न् क्षेत्रमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न अनुदान पाएका थिए ।,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top