×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कांग्रेस महाधिवेशन : संस्थापनइतर सभापतिका आकांक्षीहरू दोस्रो बन्ने रणनीतिमा

२२ भाद्र २०७८

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन खसेका मतको ५० प्रतिशत कटाउनै पर्छ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच दोस्रो चरणको मतदान हुन्छ। विधानको यही व्यवस्थाबाट लाभ लिन संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका हुन् ।

Advertisement
Advertisement

नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवा भने पहिलो चरणमै ५० प्रतिशत मत कटाएर स्थान सुरक्षित गर्ने रणनीतिमा जुटेका छन्। पहिलो चरणमै सभापतिका लागि आवश्यक मत प्राप्त गर्न नसके दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने उनी निकटका नेताहरूको बुझाइ छ। वडा तहबाट छनोट हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सभापति देउवासहित संस्थापन पक्षले यति बेला वडा अधिवेशनमै ध्यान केन्द्रित गरेको छ ।

उता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेता देउवाको विकल्प खोज्नुपर्नेमा एक मत छन्। तर उनीहरू एकले अर्कालाई छाड्न तयार देखिएका छैनन्। उनीहरू सबैले देउवालाई हराउन आफूले मात्र सक्ने बताउँदै एकले अर्कालाई छाडिदिन आग्रह गरिरहेका छन्।

वडा अधिवेशन पहिला नै संस्थापन इतर समूहबाट साझा उम्मेदवार खडा गर्ने प्रयास असफल भएपछि त्यसको असर तल्लो तहसम्म पर्न नदिन उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर आकांक्षीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने र टिम मिलाएर अघि बढ्ने भन्ने ठोस प्रस्ताव कसैले पनि ल्याएका छैनन्। ‘मिल्न त मिल्ने तर कसरी भन्ने ठोस प्रस्ताव कसैबाट नआउँदा अन्तिममा सबैले आआफ्नो पसल (उम्मेदवारी) थाप्ने देखिन्छ’, एक नेताले भने ।

संस्थापन पक्षबाट पनि देउवाका साथै विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वमा प्रतिस्पर्धा गर्ने जनाएका छन्। उपसभापति निधिले सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचार थालेका छन्। यसबाट उत्साहित संस्थापन इतर समूहका नेतृत्व आकांक्षीहरू पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलाग्ने बुझाइमा छन्। देउवालाई पहिलो चरणमै निर्वाचित हुनबाट रोक्न सक्ने अवस्थामा इतर पक्षबाट जतिजना उम्मेदवार हुँदा पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ। ‘निधिले साथ छाडेको अवस्थामा देउवा पहिलो चरणमै सभापति हुन्छन् भन्ने ग्यारेन्टी छैन,’ ती नेताले भने, ‘बलियोतिर आकर्षित हुने भोट देउवातिर जान सक्थ्यो। निधि र श्रेष्ठले उम्मेदवारी दिए त्यो सम्भावना हुँदैन ।’

झन्डै ४७ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा निधिका पक्षमा ५/६ सय भोट जान सक्ने र यसले देउवालाई पहिलो चरणमै सभापति छानिन रोक्ने विश्लेषण संस्थापन इतर पक्षको छ। पहिलो चरणमै सभापतिमा निर्वाचित हुन २३ सयभन्दा बढी मत आवश्यक पर्छ। पहिलो चरणमा देउवाका पक्षमा १२ सयदेखि १५ सय मत आउन सक्ने आकलन गर्दै एक नेताले भने, ‘कांग्रेसभित्र विद्यमान गुटहरूमध्ये देउवा समूह बलियो छ।

तर आजका दिनमा सभापति बन्न पुग्ने भोट त्यो समूहसँग पनि छैन ।’ निधिको साथ नहुँदा देउवालाई सभापतिमा निर्वाचित हुन कठिन हुने तर अन्य पदमा भने उनकै समूहका उम्मेदवार निर्वाचित हुनसक्ने सम्भावना रहेको उनले औंल्याए। सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने भए पनि अन्य पदमा भने धेरै मत ल्याउने उम्मेदवार विजयी हुने कांग्रेस विधानको व्यवस्था छ ।

पहिलो चरणमै सभापति बन्न आवश्यक मत देउवालाई प्राप्त नहुने विश्लेषण गरेका संस्थापन इतर पक्षका नेताहरू सहमतिका लागि धेरै प्रयास गर्नुभन्दा पनि पहिलो चरणमा आकांक्षीजति सबै मैदानमा खडा हुने सम्भावना रहेको निकटकाहरू बताउँछन्। सहमति निर्माण नभए नेता पौडेल भने प्रतिस्पर्धामा उत्रिने सम्भावना कम रहेको बताइन्छ। अहिलेसम्म शशांक, शेखर र प्रकाशमान तीनै जनाले एकले अर्कालाई छाड्ने अवस्था नरहेको एक नेताले बताए ।

१३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट सिटौला पनि मैदानमा उत्रिने बताउँदै आएका छन्। शशांक, शेखर, प्रकाशमानले मात्र होइन, सिटौला र निधिले पनि आफू नै दोस्रो बन्ने जिकिर गर्दै आएका छन्। सबै मैदानमा उत्रिएको अवस्थामा ४ देखि ७ सय मतमा समेटिने अवस्था आउनसक्ने र दोस्रो चरणमा सबै उम्मेदवार देउवाविरुद्ध गोलबद्ध हुने नेताहरूको बुझाइ छ ।

Advertisement

देउवा निकटका नेताहरू भने १३औं महाधिवेशनमा भन्दा आगामी महाधिवेशनमा देउवालाई सभापति बन्न सहज रहेको जिकिर गर्छन्। देउवा १३औं महाधिवेशनका तुलनामा अहिले पार्टीभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि बलियो बनेको भन्दै उनी निकटका एक नेताले थपे, ‘पहिलो चरणमै उहाँ सभापतिमा निर्वाचित हुनुहुन्छ ।’ निधिले काट्ने भोट विजयकुमार गच्छदार समूहबाट पूर्ति हुने र पछि पार्टीमा प्रवेश गरेका सुनिल थापासहितको समर्थन पनि आफूहरूलाई भएकाले देउवा पहिलो चरणमै सभापति छानिने उनले दाबी गरे। उनले भने, ‘सिटौलासहितका नेताको समर्थन लिने प्रयास पनि गर्छौं ।’ यो समाचार आजको नागरिक दैनिकमा पत्रकार बालकृष्ण अधिकारीले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top