NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

पूर्वमा अझै सिन्डिकेट कायमै, यातायात व्यवसायी भन्नछन स्पष्ट निति नहँदा अन्योल बढ्यो

शुक्रबार असार २९ , २०७५
Reading Time: 1 min read
A A
पूर्वमा अझै सिन्डिकेट कायमै, यातायात व्यवसायी भन्नछन स्पष्ट निति नहँदा अन्योल बढ्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, असार २७
नेपाल सरकारले सिण्डिकेट पूर्णरुपले खारेज गरेपनि पूर्व क्षेत्रमा अहिले सम्म कायम रहेको पाइएको छ । सरकारले केहि महिना अघिमात्र सिण्डिकेट प्रणालीका कारण विभिन्न किसिमका बिकृति मौलाएको भन्दै सो प्रणाली खारेज गरेको थियो ।

सिण्डिकेट प्रणाली खारेज भएपनि पूर्वका विभिन्न स्थानहरुमा अहिले पनि दादागिरि शैलीमा विभिन्न संघहरुले सिण्डिकेट कायम राखेको पाईएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छोटो दुरीका लागि चल्ने सवारी साधनमा सिण्डिकेट प्रणाली लगभग बस व्यवसायी संघहरुले हटाई सकेको भएपनि लामो दुरी र केही छोटा दुरीमा अझैपनि सिण्डिकेट कायम रहेको पाईएको हो ।

विराटनगरबाट लामो दुरीका सार्वजनिक सवारी साधन अहिले पनि सिण्डिकेट प्रणाली अनुसार सञ्चालन भएको पाईएको हो । विराटनगरबाट कोशी राजमार्ग अन्तर्गतका पहाडी रुट, विराटनगर–काठमाडौं, विराटनगर–पोखरा, विराटनगर–वीरगञ्जलगायतका लामो रुटमा सञ्चालन हुने बसहरु अहिले पनि कानुन विपरित सिण्डिकेट प्रणाली अनुसारनै सञ्चालन हुँदै आएका छन ।

LS Auto

सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात क्षेत्रको एकाधिकार अन्त्य हुने भन्दै आफुहरु सुरुमा उत्साहित बनेको भएपनि अहिले सम्म पूर्णरुपमा सिण्डिकेट अन्त्य नभएको यातायात ब्याबसायीले नै गुनासो गरेका छन् ।

यातायात व्यवसायी विनोद कार्कीले आफ्नो बस यातायात कार्यालय मार्फत रुट अनुमति लिएर धरान खाँदबारी रुटमा सञ्चालन हुँदै आएता पनि सिण्डिकेटहरुको दबदबाले अझै सन्चालनमा समस्या रहेको बताएका छन ।

सरकारले अनुमति दिएका ब्यबसायी संघहरुले आफ्ना काउन्टर बिस्तार गरेर उहीँ पूरानै सिन्डिकेट शैलीमा ब्यबसायीहरुलाई दबाउदै आएको र आफुहरुले भने बमोजिम ब्यबसायीहरुले बस सन्चालन नगरिदिए वा ब्यबसायीहरुले आफुले चाहेको रुटमा आफ्ना गाडी सन्चालन गर्न खोजे संस्थाले अथवा काउन्टरहरुले ब्यबसायीलाई कुनै सहयोग नगर्ने गरेको कार्कीले बताए ।

उनले सरकारले सिन्डिकेट खारेज गरेपछि नयाँ दर्ता भएका संघसस्थाहरुले ब्याबसायीहरुका मर्कालाई बुझेर समान रुपले आफ्ना काउन्टरहरु मार्फत सबै ब्याबसायीलाई नदिने नगरेको गुनासो गरेका छन ।

सरकारले सिन्डिकेट खारेज गरेपछि ब्यबसायीहरुले पहिलेको जस्तो आफ्ना काउन्टरहरु बिस्तार गर्न नपाउदा हाल सरकारको अनुमतिलिएर काउन्टर बिस्तार गरेका संघहरुले बस ब्याबसायीहरुलाई झन दाबाउन, दुखदिन खोज्ने गरेको उनले बताए ।

व्यवसायीहरुले यातायात ब्यबसायी संघले बाहिरी रुपमा सिन्डिकेट प्रथा हटाए जस्तो गरेपनि भित्री रुपमा गुट र दबदबा अझै कायमै राखेको पनि उनले बताएका छन् ।

संघले आफुहरुले तोकेको ठाँउबाट गाडी कुदाइदिए ती गाडीहरुलाइ सहयोग गर्ने तर ब्यबसायीहरुले अरुहरुलाई सरल सुबिधा हुने र यात्रुहरुलाई सुबिधा हुने ठाँउबाट आफ्ना गाडी सन्चालन गर्दा ती गाडीहरुलाई काउन्टरले सहयोग नगर्दा पछि गएर अझ समस्या सृजना हुने बताए ।

उनले केहि समय अघि सम्म आफ्नो बस झापाको दमक देखि खाँदबारी सम्म सञ्चालन भईरहेको र रुट अनुमति लिएर रतुवामाई नगरपालिका देखि खाँदबारी रुटमा सञ्चालन गर्न खोज्दा स्थानीय संघले नदिएको बताए ।

उनले भने ‘ कुनै पनि सडक सरकारी सम्पत्ति हो । राज्यलाई कर तिरेर रुट अनिमति लिएर जुनसुकै सडकमा पनि बस कुदाउन पाउनुपर्छ । त्यसैले सरकारले सिण्डिकेट खारेज गरेको हो । तर, यहाँ दादागिरि शैलीमा अहिले सम्म सिण्डिकेट कायम छ । कोशी बस व्यवसायी संघमा दर्ता भएको बस रुट अनुमति लिएर मेचीमा जाँदा त्यहाँ पनि जबरजस्ती मोटो रकम असुलेर आफ्नो संघमा पनि दर्ता गराउन दवाव दिने परिपाटी कायमै छ । त्यसो नगरेको खण्डमा गाडी चल्न दिँदैनन् । कानुनी राज्यको उपहास कहिले सम्म हुने ?’

यता नेपाल दिवा तथा रात्री बस व्यवसायी संघ विराटनगरका अध्यक्ष टिकाप्रसाद गुरुङले कुनै एउटा संघमा दर्ता भएको बस अन्य संघमा दर्ता गरिरहनु नपर्ने बताए ।

उनले यातायात कार्यालयबाट जहाँ जहाँका लागि रुट अनुमति लिएको सार्वजनिक यातायात छ त्यहाँ कुनै शुल्क तिर्नु नपर्ने र त्यसो गरेको खण्डमा संघमा र यातायात कार्यालयमा उजुरी दिएको खण्डमा कडा कारवाही हुने बताए ।

यद्यपि उनले हाल सरकारले अनौपचारिक रुपमा असार मसान्त सम्मको समय सिमा दिएको हुनाले असार मसान्त सम्म सिण्डिकेट कायम रहने बताए । उनले सरकारले चालु महिना पछि भने जस्तो निति ल्याउने सोहि अनुसार सार्वजनिक यातायातका साधन सञ्चालन हुने दावी गरे ।

उनले हालसम्म सिण्डिकेट खारेज गर्ने सरकारले घोषणा गरेको भएपनि खारेजी पछि कस्तो निति अनुसार सार्वजनिक यातायात सञ्चालन हुने हो आफुहरु पर्खेर बसेको बताए ।

उनले सार्वजनिक यातायात जुनसुकै रुटमा हुनेभएपनि रुट अनुमति अनुसार अब संघ नभई प्रत्येक सवारी साधन कम्पनीका रुपमा दर्ता भई सञ्चालन हुनुपर्ने बुझिएको भएपनि स्पष्ट नहुँदा सिण्डिकेट असार मसान्त सम्म कायम रहने दावी गरे ।

उनले सरकारले सिण्डिकेटको विकल्प समेत सृजना नगरी एक्कासी खारेज गरेर विभिन्न संघ संस्थाको बैंक खाता रोक्का गरेर यातायात क्षेत्र तहस नहस पारेको दावी गरे ।

उनले सरकारले सार्वजनिक यातायात आफै सञ्चालन गर्नुपर्ने बताउदै अघि भने ‘ एक त सरकारले आफै सार्वजनिक यातायात क्षेत्र सञ्चालन गरिदिनुपर्ने हो । त्यसो गरेको छैन । हाम्रा विभिन्न संघ संस्थाले सञ्चालन गरेपछि आलोपालो गर्ने प¥यो । यसलाई सरकार सिण्डिकेट भन्छ ।

एउटमा रुटमा कति यातायातका साधन सञ्चालन हुनुपर्छ त्यो मापदण्ड पनि सरकारले बनाईदिएको छैन । जसका कारण यातायात व्यवस्था कार्यालयले जति सुकै गाडी भएपनि रुट इजाजत दिन्छ । जसकारण अस्वस्थ प्रतिष्पर्धाका कारण दुर्घटना बढि रहेको छ ।’

अध्यक्ष गुरुङले अस्वस्थ प्रतिष्पर्धाकै कारण सार्वजनिक यातायातका साधनमा अनावश्यक इन्धन खपत हुने, विग्रनेलगायतका समस्या उत्पन्न हुने गरेको बताए । उनले आर्थिक मेरुदण्डको रुपमा रहेको सार्वजनिक सवारी साधनबाट राज्यले खाली राजश्व अशुली गर्ने नियति लिएको दावी गरे ।

उनले यातायात क्षेत्रले हाल २० लाख भन्दा बढी जनसंख्यालाई रोजगारी दिएको दावी गर्दै सिण्डिकेट प्रणाली पूर्णरुपमा खारेज गरे त्यसको उचित व्यवस्थापन हुनुपर्ने बताए । गुरुङले हाल कोशी र मेचीमा गरि जम्मा ५५ वटा संघहरु रहेको जानकारी दिए ।

यता यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख श्यामकुमार सिंहले सरकारले सिण्डिकेट पूर्ण रुपमा खारेज गरिसकेको हुनाले कतै सञ्चालन भएको पाईए तत्काल कारबाही गरिने बताए ।

उनले सिण्डिकेट खारेज अभियान अन्तर्गतनै कार्यालयकै अगुवाईमा पूर्वका विभिन्न स्थानहरुका बुकिङ काउन्टरहरु हटाउन थालिएको बताए । उनले विराटनगर तथा धरानबाट पहाडी रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा केहि कठिनाईका कारण अझै सिण्डिकेट कायम रहेको हुन सक्ने स्वीकार गरे ।

कार्यालय प्रमुख सिंहले यातायात संघ संस्थाले विभिन्न वहानामा असार सम्म चल्न पाउनुपर्ने भनेको भएपनि सरकारवाट लिखित निर्देशन नआएको हुँदा कम्पनी अनुसार दर्ताभई रुट अनुमति लिएर जुनसुकै रुटमा पनि सार्वजनिक सवारी साधन चलाउन सकिने भएकाले कुनै पनि संघ संस्थाले अबरोध सृजना गरेको उजुरी परेको खण्डमा कडा कारवाही गरिने जानकारी दिए ।

उनले भने ‘ यातायात सम्वद्ध विभिन्न संघ संस्थाले असार मसान्त सम्म सिण्डिकेट कायम रहने हल्ला मैले सुनेको छु तर सरकारले लिखित निर्देशन नदिएको हुँदा संघ संस्थाले मनोमानि गरेको कार्यालयमा उजुरि आएको खण्डमा तत्काल कडा कारवाहि गर्न सकिन्छ ।’

विराटनगरबाट छुट्ने विराटनगर आमबाडी रुट, आमबाडी उर्लाबारीलगायतका छोटा रुटमा पनि सेण्डिकेट अझै सम्म कायमै रहेको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै लामो दुरिमा पनि अधिकांश सिण्डिकेट कायमै रहेको छ । तर, कतिपय सार्वजनिक सवारि साधन भनेँ कम्पनी अनुसार दर्ता भएर पनि सञ्चालन भईरहेका छन् ।

विराटनरबाट छुटने विराटनगर काकरभिट्टा रुटका स्तरीय सार्वजनिक यातायातका साधन सरकारको निति अनुसारनै विधिवत रुपमा दर्ता भएर सञ्चाल हुँदै आएका छन् । त्यस्ता बसहरुले कानुन अनुसार यातायात कार्यालय तथा सम्बन्धित निकायमा कम्पनी ऐन अनुसार दर्ता भएर रुट अनुमति लिएर आफै सञ्चालन भएका छन् । जसले आफै बस भित्रै यात्रुलाई टिकट दिएर राज्यलाई कर बुझाउँदै आएका छन् ।

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?
ताजा समाचार

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता
ताजा समाचार

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.