२२ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’ प्रचण्डले भने ।