देउवाका छोरा राजनीतिमा, लिए क्रियाशील सदस्यता

२३ भदौ ७८, बिहीबार

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका जयवीरले डडेलधुराबाट कांग्रेसको क्रियाशील सदस्यता पाएका छन् ।

उनी सदस्यता पाउनयोग्य भए पनि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा भएका कारण विभिन्न टीका टिप्पणी सुरु भएको छ । ‘राजनीतिक परिवारको छोरा भएपछि पार्टीको सदस्यता पाउनु कुनै अनौठो होइन तर धेरै मान्छेलाई उनी राजनीतिमा आउन लागेकामा डर छ,’ बालुवाटारमै बस्ने उनका एक नातेदारले भने, ‘बुबा–आमाको कारण राजनीति गर्न नपाउने कुरा भएन ।’

जयवीरको उमेर (२६ वर्ष) मा उनका बुबा (२०२८ सालमा) नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष थिए । उनले बुबाको पदचाप पछ्याउँदै राजनीतिक यात्रा सुरु गरेका छन् । ‘राजनीतिमा सक्रिय भएर क्रियाशील सदस्यता पाइदिएको भए प्रश्न उठ्थेन कि ?’ कांग्रेस राजनीतिबारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने, ‘तर नेपालमा मात्र होइन, दक्षिण एसियामै विरासतको राजनीतिले नराम्ररी गाँजेको छ ।’ राजनीतिमा विरासतको ‘डोरी’ ले नेताका सन्तानलाई अस्वाभाविक रूपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका व्यक्तिलाई पछि पार्ने उनले बताए ।

Advertisement

कांग्रेसको राजनीतिमा विरासतको फेरो समातेर स्थापित भएका नेताहरूको कमी छैन । २०४६ सालपछि सक्रिय राजनीतिमा आएकी सुजाता कोइरालालाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०६६ सालमा उपप्रधानमन्त्री बनाउन खोज्दा पार्टीभित्र विवाद भयो । यद्यपि कोइरालाले उनलाई उपप्रधानमन्त्री बनाइछाडे । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा स्थापित भइन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसभित्र पारिवारिक विरासत प्रथाको रूपमा स्थापित भएको बताए । ‘लोकतन्त्रका लागि पारिवारिक विरासत घातक हो, गणतन्त्रमा त यसको कल्पना गर्नै सकिँदैन,’ उनले भने, ‘तर जन्मको आधारमा भाग्य निर्धारण हुने हाम्रो समाजमा यसले गहिरो जरा गाडेको छ ।’

Advertisement

आचार्यको विचारमा दक्षिण एसिया र नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरेका नेतालाई ‘स्यालुट’ गर्ने चलन छ । संघर्षमा होमिएको परिवारलाई आन्दोलनको संस्थाकै रूपमा लिने गरिन्छ । ‘कांग्रेसमा विशेषगरी कोइराला परिवार लोकतान्त्रिक आन्दोलनको संस्थाको रूपमा स्थापित भयो, त्यसैले परिवारका सदस्यहरूले राजनीतिमा प्रशस्त लाभ लिइरहेका छन्,’ उनले भने, ‘यसरी परिवार हाबी हुँदा संस्थाहरू कमजोर हुन्छन्, छायामा पर्छन् ।’

पछिल्लो समय कांग्रेसमा पारिवारिक विरासतको लाभ लिने नेतामा बीपीपुत्र महामन्त्री डा. शशांक कोइरालाको नाम पनि आउने गर्छ । सरकारी चिकित्सकको जागिर छाडेर राजनीतिमा आएका कोइराला २०६२ मा पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भए । १३ औं महाधिवेशनमा महामन्त्री भए । ‘उहाँ (शशांक) बीपी कोइरालाको ‘पोलिटिकल’ भन्दा बढी ‘बायोलोजिकल’ छोरा हुनुहुन्छ तर कार्यकर्ताले बीपीको अनुहार हेरेर नेतृत्वमा स्थापित गरे,’ आचार्यले भने, ‘पारिवारिक विरासतको लाभ योभन्दा बढी के हुन सक्छ ?’ शेखर कोइराला पनि कोइराला परिवारबाटै राजनीतिमा आएका हुन् ।

जयवीरसिंहको हकमा पनि गृह जिल्ला डडेलधुरामा विरासतको प्रभाव अधिक छ । देउवानिकट एक नेताका अनुसार उनलाई क्षेत्रीय प्रतिनिधि हुँदै स्थापित गर्ने योजनासहित राजनीतिमा प्रवेश गराइएको हो । यसमा कार्यकर्ताको खुलेर विरोध पनि देखिँदैन ।

‘बुबा (देउवा) को कारण कार्यकर्ताले खुसीले होस् वा बाध्यताले, राजनीतिमा उनलाई अस्वीकार गर्न सक्ने अवस्था छैन,’ ती नेताले भने, ‘पार्टीमा उनले सिनियरभन्दा छिटो अवसर पाउने निश्चित छ ।’ विद्यार्थी राजनीतिबाटै संघर्ष गरेर स्थापित भए पनि विमलेन्द्र निधि र प्रकाशमान सिंहको राजनीतिक जीवनमा पनि पारिवारिक विरासत जोडिने गरेको छैन ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top