सम्भावित हिंसा रोक्न आफूले देश छाडेको अफगानिस्तानका पूर्व-राष्ट्रपति घानीको भनाइ

२४ भदौ ७८, बिहीबार
Share this
712shares

२४ भदौ, एजेन्सी ।

Advertisement

अफगानिस्तानका पूर्व–राष्ट्रपति अशरफ घानीले ६० लाख मानिस बस्ने काबुलमा हिंसा नहोस भनेर आफूले देश छाडेको बताए ।

दुई हप्ता अघि तालिबान् लडाकु राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका पूर्व–राष्ट्रपति घानीले एउटा विज्ञप्ति निकालेर संकटमा अफगानिस्तानका नागरिकलाई छाडेर भाग्नु आफ्नो नियत नभएको तर हिंसा फैलनबाट रोक्न आफुले देश छाडेको बताएका हुन् । यदि सरकारले पनि लडाइँ नै चाहेको भएमा काबुलको अवस्था अझै बिग्रने भन्दै तत्कालको अवस्थालाई सुरक्षित अवतरण गराउनु आफूलाई उचित लागेको उनले बताए ।

Advertisement

दुई पटक राष्ट्रपति बनेका घानीले निकालेका विज्ञप्तिमा देश छाडेकोमा अफगानी नागरिकसँग माफी माग्दै अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको खण्डन गरेका छन् । तालिबानले नयाँ सरकार घोषणा गरेपछि आएको उनको विज्ञप्तिमा नयाँ सरकारबारे केही उल्लेख छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top